कीवर्डहरू -

त्रिविबाट सञ्चालन हुने परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने

त्रिविबाट सञ्चालन हुने परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा विद्यार्थीले एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिविको शिक्षाध्यक्षको कार्यालयले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो । 

असोज ७ गते बसेको त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ । 

यस्तै त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने समेत निर्णय गरिएको छ । 
null