कीवर्डहरू -

एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्‍याइदिने

एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्‍याइदिने

सवारी साधन नपाएर एसईई दिएपछि घर फर्किन समस्या भएमा काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याइदिने भएको छ ।

सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकाले सवारी साधन नपाएर एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या परेमा गन्तव्यमा पुर्‍याइदिने जानकारी दिएको हो । 

आज काठमाडौंको गणतन्त्रवादी र राजावादीले प्रदर्शनको तयारी गरेका छन् । त्यसले गर्दा सडकमा न्युन मात्र सवारीसाधन गुडेका छन् । यसैलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइदिने भएको हो । 

परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिनुहुन र आवश्यक परे आफैँ पनि सुविधा लिन महानगरले अनुरोध गरेको छ । यसका लागि महनागरले महानगर प्रहरी बलको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल (९८५१०६८०९६), रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने (९८५१०९३१७६), नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित (९८५१०५६३४६) लाई सम्पर्क गर्न सकिने छ । 

यस बाहेक महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा समेत सम्पर्क गर्न सकिने छ ।