कीवर्डहरू -

आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता, तयारी कक्षामा ५० प्रतिशत छुट

आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता, तयारी कक्षामा ५० प्रतिशत छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबिच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार सिभिल मलमा रहेको एजुकेशन पार्कमा आइईएलटिएस र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् ।

पुस ६ बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् ।