नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ उडान मेला नामक योजना सार्वजनिक गरेको छ। माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजनामा नियमित ग्राहकहरुले SAVE100 प्रोमोकोड राखेर १०० रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले FIRSTFLY प्रोमोकोड राखेर ३०० रूपैयाँ क्यासब्याकको लाभ उठाउन सक्नेछन्। हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा Have Promocode? सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उडान मेलाले प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताए ।