कीवर्डहरू -

एक वर्षमा २९ अर्ब बढीका ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन आयात

एक वर्षमा २९ अर्ब बढीका ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन आयात

एक वर्षमा नेपालमा ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् । 

नेपाल भित्रिएका ११ हजार ७०१ चारपांग्रे विद्युतीय सवारीसाधनको कुल मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार जीप र भ्यान रहेका छन् ।

चीन, भारत, इण्डोनेसिया, जर्मनी, दक्षिण कोरिया र अमेरिकाबाट सवारी साधन भित्रिएका छन् ।