गूगलको प्रयोग तपाईंमध्ये सबैले गर्नुहुन्छ । तपाईंले पनि अवश्य गर्नुहुन्छ, तर के तपाईं वास्तवमा जान्नुहुन्छ कि गूगलको सही तरिकाले कसरी प्रयोग गर्ने? गूगलमा केही पनि खोज्नका लागि केही विशेष तरिकाहरू छन् जसको बारेमा धेरै कम मानिसलाई जानकारी छ ।
सटीक कीवर्डहरूको चयन गर्नुहोस्
सधैं खोजका लागि सही र सटीक कीवर्डहरूको प्रयोग गर्नुहोस् । विस्तृत र स्पष्ट कीवर्डहरूले खोज परिणामलाई अझ राम्रो बनाउँछन् । आफ्नो प्रश्नलाई सरल र संक्षिप्त शब्दमा सोध्न प्रयास गर्नुहोस् ताकि गूगललाई तपाईंको प्रश्नको सही अर्थ बुझ्न सजिलो होस् ।
सर्च अपरेटरहरूको प्रयोग गर्नुहोस्
यदि तपाईं खोजलाई सीमित गर्न चाहनुहुन्छ भने “एण्ड“ “ओर" “नट“ जस्ता अपरेटरहरूको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि “ट्राभल नट होटल“ भनेको यात्रा सम्बन्धी ती परिणामहरू हुनेछ जुन होटलसँग सम्बन्धित छैनन् । कुनै पनि कुरा खोज्नको लागि त्यसलाई कोटेशन मार्क्स (“ “) भित्र लेख्नुहोस् । जस्तै, “नेपालको इतिहास" खोज्दा यो पूर्ण वाक्यांशको रूपमा काम गर्छ ।
स्रोतहरूको प्रमाणिकता जाँच्न
सधैं भरपर्दा वेबसाइटहरू (जस्तै सरकारी वेबसाइटहरू, प्रसिद्ध समाचार साइटहरू, अनुसन्धान पत्रिका रिर्सच पेपर) बाट मात्र जानकारी लिनुहोस् । शङ्कास्पद वा कम प्रतिष्ठित वेबसाइटहरूबाट बच्नुहोस्, किनकि यस्ता साइटहरूमा गलत वा भ्रमित जानकारी हुन सक्छ ।
सर्च फिल्टरहरूको प्रयोग गर्नुहोस्
गूगलमा “टूल्स" वा फिल्टरहरूको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै “टाइम“ फिल्टर प्रयोग गरी हालसालैको वा पुरानो परिणाम छनोट गर्न सक्नुहुन्छ । यदि विशेष प्रकारका परिणामहरू चाहिन्छ (जस्तै तस्बिर, समाचार, भिडियो), भने तपाईं यसलाई पनि फिल्टर गर्न सक्नुहुन्छ ।
सुरक्षामा ध्यान दिनुहोस्
खोज गर्दा कहिल्यै व्यक्तिगत जानकारी जस्तै नाम, फोन नम्बर, इमेल ठेगाना गूगलमा साझा नगर्नुहोस् । सुनिश्चित गर्नुहोस् कि वेबसाइटमा “एचटीटीपिएसः//“ प्रयोग भइरहेको छ ताकि डेटा सुरक्षित रहोस् ।