कीवर्डहरू -

अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यो प्रणालीले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रेस विज्ञप्तिअनुसार, यो प्रणाली एक मोबाइल एपमा आधारित सामुदायिक साइरन सेवा हो। यसले एन्ड्रोइड र आइफोन दुवैमा काम गर्छ र कुनै सदस्यलाई समस्या परेको अवस्थामा सुरक्षा कोड थिच्दा समूहका सबै सदस्यको मोबाइलमा साइरन बज्ने र आकस्मिक सूचना पुग्ने सुविधा छ। यसमा एपमार्फत ठेगानासहितको जानकारी पठाउन सकिने सुविधा पनि छ।

यो प्रणाली सन् २०८२ साल असोज मसान्तसम्म अधिकतम ३० सदस्यसम्मको सामुदायिक समूहका लागि निःशुल्क उपलब्ध गराइनेछ। यसको उद्देश्य असुरक्षाको वातावरणमा समाजलाई सुरक्षित राख्नु भएको बताइएको छ । 

यस्तै कताहोको परिवार सुरक्षा सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाई जानकारी गराउँछ । यो सेवा लिनका लागि 'कताहो' प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन् । यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा 'कताहो' एप रजिष्टर भएको हुनुपर्नेछ ।

कताहो एपले नेपालको ठेगाना व्यवस्थापनलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ । एपले प्रयोगकर्तालाई आफ्नो घरको ठेगाना प्लेट बनाउन र सजिलै स्थान साझेदारी गर्न पनि मद्दत गर्छ। यसलाई तारकेश्वर र विदुर जस्ता नगरपालिकामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि पनि प्रयोग गरिएको