कीवर्डहरू -

आईएसएमटी कलेजमा जब फेयर सम्पन्न

आईएसएमटी कलेजमा जब फेयर सम्पन्न

काठमाडौंको तिनकुने गैरीगाउँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । बुधबार कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा २१ वटा कम्पनीहरू सहभागी भएका थिए । 

आईएसएमटी जब फेयरमा लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ, लिपफ्रग टेक्नोलोजी नेपाल, काठमाडौं मेरियट होटल, चौधरी ग्रुप, टुलिप्स टेक्नोलोजिज, एलाइस कम्पनी, एलाइस कन्फेरेन्स, एनक्लाउड प्रालि, बज्र टेक्नोलोजिज, सौरभ ग्रुप, सेलकम प्रालि, सिप्रदी, डिस मिडिया नेटवर्क जस्ता कम्पनी सहभागी भएको कलेजले जनाएको छ ।​​​​​​​

यसैगरी लेकबेँसी होलिडेज, एफवान् सफ्ट इन्टरनेसनल, फोनपे पेमेन्ट्स सर्भिस लिमिटेड, आकाश टेक/ई–सिग्नेचर, फुडमान्डु, कम्युनिकेट टेक्नोलोजिज, भेरिस्क नेपाल, वर्ल्डलिङ्क कम्युनिकेसन, ट्री प्रिमियर बूढानीलकण्ठ, नेपाल एसबीआई मर्चेन्ट बैंकिङले पनि आफ्ना स्टलहरू राखेका थिए ।

आफ्नो अध्ययन सकाएका र अध्ययन गरिरहेको गरी २२५ विद्यार्थीहरु अन्तवार्तामा सहभागी भएका थिए । कलेजले विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ यस प्रकारको कार्यक्रम वर्षमा कम्तिमा २ वटा आयोजना गर्ने गरेको छ ।

विद्यार्थीहरुलाई आफ्नो करिअर सुरू गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको कलेजको भनाइ छ ।