कीवर्डहरू -

नेपाल इन्जिनियरिङ परिषद्मा इन्फरमेशन र अटोमेशन इन्जिनियरिङ विषय थप

नेपाल इन्जिनियरिङ परिषद्मा इन्फरमेशन र अटोमेशन इन्जिनियरिङ विषय थप

नेपाल इन्जिनियरिङ परिषदले नेपालमा थप दुई विषयका इन्जिनियरिङ व्यवसायलाई अनुमति दिने भएको छ ।

सरकारले नेपाल इन्जिनियरिङ परिषद ऐन २०५५ को अनुसूचीमा दुई विषय इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ र  इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङ थप गरेको हो । 

राजपत्रमा प्रकाशित सुछना अनुसार सरकारले नेपाल सरकारले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूचीको क्रमसङ्ख्या ५७ पछि क्रमसङ्ख्या ५८ र ५९ थपी इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इनफरमेशन इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङ विषय थप गरेको छ ।