कीवर्डहरू -

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा समावेशी आइसिटी तालिम सम्पन्न

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी वर्कशप सम्पन्न भएको छ । 

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा असार २६ गते बिहीबार एकैसाथ काठमाण्डौंको एलिस कन्फरेन्स हल र पोखराको साईमान पार्टी प्यालेसमा आयोजना भएको थियो । 

कार्यक्रममा सहभागीहरूलाई स्क्रिन रिडर, स्पिच–टु–टेक्स्ट सफ्टवेयर, गूगल म्याप, राइड सेयरिङ एप जस्ता  सहायक प्रविधि प्रयोग गर्न सिकाइएको थियो । 

दिउँसोको सत्रमा डिजिटल वालेट र मोबाइल बैंकिङ सम्बन्धी व्यवहारिक तालिम भएको थियो । साथै, सहभागीहरूलाई स्टोरी टेलिङको शत्र समेत गराइएको थियो ।

यस बाहेक कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी डिजिटल फुटप्रिन्ट, गोपनीयता र सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू बारे छलफल गरिएको थियो ।