कीवर्डहरू -

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै

अपाङ्गता भएका युवतीहरूका लागि पोखरा र काठमाडौंमा आज समावेशी आइसिटी तालिम हुँदै

गर्ल्स इन आइसिटी डे २०२५ को अवसरमा अपाङ्गता भएका युवतीहरूलाई डिजिटल प्रविधिमा पहुँच सुनिश्चित गराउने उद्देश्यले समावेशी आइसिटी वर्कशप हुँदैछ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बिहीबार अर्थात आज एकैसाथ काठमाण्डौंको एलिस कन्फरेन्स हल र पोखराको साईमान पार्टी प्यालेसमा आयोजना हुँदैछ ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी, अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धिताल, प्रयत्न नेपालकी सरिता लामिछाने र आईटीयुकी प्रतिनिधि डा. प्रणिता उपाध्याय लगायतको उपस्थिति रहने छ । 

कार्यक्रममा सहभागीहरूले सहायक प्रविधि बारे सिक्दै, स्क्रिन रिडर, स्पिच–टु–टेक्स्ट सफ्टवेयर, गूगल म्याप, राइड सेयरिङ एप प्रयोग गर्ने अभ्यास गर्नेछन् । 

दिउँसोको सत्रमा डिजिटल वालेट र मोबाइल बैंकिङ सम्बन्धी व्यवहारिक तालिम हुँदैछ। साथै, सहभागीहरू आफैंले डिजिटल कथाहरू सिर्जना गर्ने अभ्यास गर्दैछन्।

कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी डिजिटल फुटप्रिन्ट, गोपनीयता र सुरक्षित इन्टरनेट प्रयोगका उपायहरू छलफल हुने जनाइएको छ ।