कीवर्डहरू -

नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणमा भारतले सघाउने

नेपालको नानो स्याटेलाइट मुनाल प्रक्षेपणमा भारतले सघाउने

मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सघाउने भएको छ । यसका लागि बिहीबार भारतीय अन्तरिक्ष  अनुसन्धान संस्था (ईस्रो)को तर्फबाट न्यू स्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार ईस्रोले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई लञ्च भेहिकल उलब्ध गराउने छ । नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्यमा विद् विकास भएको मुनाल नानो स्याटेलाइट प्रक्षेपणका लागि इस्रोले नि:शुल्क प्रक्षेपण सेवा दिने जनाइएको छ । 

नेपालमा बनाएर भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइ यसअघि अमेरिकाबाट प्रक्षेपण गरिएको नेपाली स्याट-१ जस्तै छ ।