कीवर्डहरू -

इनड्राइभले नेपालमा “राइड मोर, विन मोर” अभियानमार्फत् यात्रुलाई ई-स्कुटर र स्मार्टवाच प्रदान गर्याे

इनड्राइभले नेपालमा “राइड मोर, विन मोर” अभियानमार्फत् यात्रुलाई ई-स्कुटर र स्मार्टवाच प्रदान गर्याे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आफ्नो “राइड मोर, विन मोर” अभियानका ग्रान्ड प्राइज विजेताहरूका लागि कार्यक्रम आयोजना गर्‍यो। यस अभियानले दैनिक यात्रा गर्न इनड्राइभ रोज्ने निष्ठावान प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको थियो र प्रयोगकर्ताले इनड्राइभ एपमार्फत् मात्र राइड बुक गर्दा पुरस्कार जित्ने अवसर पाउने व्यवस्था थियो।

null

काठमाडौँभरि प्रयोगकर्ताबाट कार्यक्रमप्रति अत्यधिक उत्साह र सहभागिता प्राप्त भयो, जसले इनड्राइभको बृद्दि हुँदै गरेको समुदायमा रहेको विश्वास र संलग्नता झल्कायो। कम्तीमा तीनवटा राइड पूरा गर्ने यात्रुहरूलाई स्वतः लकी ड्रमा समावेश गरियो, जसले तिनीहरूलाई अनन्त सम्भावनासहित विशेष पुरस्कार जित्ने मौका प्रदान गर्‍यो ।

अभियानको प्रमुख आकर्षण ग्रान्ड प्राइज वितरण समारोह थियो, जहाँ १० जना भाग्यशाली विजेताहरूले नयाँ याडिया E8S PRO इलेक्ट्रिक स्कुटरहरू प्राप्त गरे भने ३० जना विजेताहरूले अल्टिमा वाच सर्कल स्मार्टवाच प्राप्त गरे। यस अभियानले इनड्राइभको बृद्दि हुँदै गरेको प्रयोगकर्ता समुदायलाई मनाउने साथै मोबिलिटीमा निष्पक्षता, पारदर्शिता र सशक्तिकरणमा कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई उजागर गर्‍यो।

इनड्राइभकी नेपाल कंट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्: “हामी काठमाडौँका प्रयोगकर्ताबाट आएको सहभागिताप्रति खुशी छौं। ‘राइड मोर, विन मोर’ हाम्रो तर्फबाट हरेक दिन इनड्राइभ रोज्ने निष्ठावान यात्रुहरूलाई धन्यवाद दिनेको एउटा तरिका थियो। इनड्राइभमा हामीले विकल्पको स्वतन्त्रता र निष्पक्षतालाई सशक्त पार्नुमा विश्वास गर्छौं। हाम्रो अनौंठो पियर–टु–पियर मूल्य निर्धारण मोडलले यात्रु र चालक दुवैलाई सिधै उचित मुल्यमा सहमति जनाउने अधिकार दिन्छ, जसले मोबिलिटीलाई पारदर्शी, लचिलो र समुदाय-केन्द्रित बनाउँछ। हामी यस्ता थप पहलहरू आरम्भ गर्न उत्साहित छौं जसले निष्पक्ष र पारदर्शी सेवाहरू मार्फत समुदायहरूलाई सशक्त बनाइरहनेछ।”

null

यस अभियान मार्फत् इनड्राइभले नेपालमा स्थानीय समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउँदै आएको छ र निष्पक्ष मूल्य निर्धारण, पारदर्शिता, विकल्पको स्वतन्त्रता र सशक्तिकरणजस्ता मूल्यमान्यताहरूलाई पुष्टि गरिरहेको छ। पियर–टु–पियर मूल्य निर्धारण मोडलमार्फत् इनड्राइभले यात्रु र चालक दुवैलाई फैसला गर्ने शक्ति दिँदैछ, जसले हरेक यात्रामा परस्पर सम्मान र निष्पक्षता प्रतिबिम्बित होस् भनी सुनिश्चित गर्दछ र देशभर पहुँचयोग्य, मानिस-केन्द्रित मोबिलिटीलाई समर्थन गर्दछ।