कीवर्डहरू -

इन्ड्राइभले नेपालमा सुरू गर्‍यो कुरियर सेवा, साना व्यवसाय र व्यक्तिहरूलाई उपयोगी हुने

इन्ड्राइभले नेपालमा सुरू गर्‍यो कुरियर सेवा, साना व्यवसाय र व्यक्तिहरूलाई उपयोगी हुने

इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरू गरेको छ । कुरियर सेवाबाट इन्ड्राइभले २० किलो वा सोभन्दा कम तौलका पार्सलहरू डेलिभर गर्नेछ । 

इन्ड्राइभको एशिया प्यासिफिक क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया माकारेन्कोले नेपालमा कुरियर सेवाको सुरूवात गर्न पाउँदा उत्साहित भएको बताइन् । 

‘नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित छौं । बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ,’ उनले भनिन, ‘इन्ड्राइभ डेलिभरीमार्फत, हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरू समाधान गर्ने योजना छ ।’

पछिल्लो समय नेपाली बजारमा इन्ड्राइभको लोकप्रियता बढ्दो छ । सन् २०२४ को पहिलो ६ महिनामा मात्रै इन्ड्राइभको वृद्धि ४६ प्रतिशतले भएको छ । 

सन् २०२२ को तुलनामा इन्ड्राइभ सन २०२३ मा २०० प्रतिशतले वृद्धि भएको थियो । साथै इन्ड्राइभ यात्रु र चालक दुबैको लागि सुरक्षित भएको कम्पनीको दावी छ ।