कीवर्डहरू -

राइड–हेलिङ सेवाको प्रयोग बढेसँगै इनड्राइभले यात्रु सुरक्षाप्रतिको प्रतिबद्धता थप सुदृढ

राइड–हेलिङ सेवाको प्रयोग बढेसँगै इनड्राइभले यात्रु सुरक्षाप्रतिको प्रतिबद्धता थप सुदृढ

नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभ (inDrive) ले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

प्रयोगकर्तालाई केन्द्रमा राख्ने आफ्नो मूल सिद्धान्त ‘छनोटको स्वतन्त्रता’ लाई निरन्तर आत्मसात गर्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू तथा निरन्तर जनचेतनामूलक पहलहरू मार्फत यात्रुहरूलाई सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको छ।

इनड्राइभका सुरक्षा उपायहरू यात्राअघि, यात्राका क्रममा र यात्रा सम्पन्न भएपछि समेत लागू हुने गरी डिजाइन गरिएका छन्, जसले प्रत्येक चरणमा प्रयोगकर्तालाई सचेत निर्णय लिन सक्षम बनाउँदै यात्रालाई थप पारदर्शी र सुरक्षित बनाउँछ।

यात्रा सुरु गर्नु अघि, इनड्राइभले एपभित्र उपलब्ध चालकसम्बन्धी विवरण — चालकको नाम, फोटो, सवारी साधनको विवरण तथा नम्बर प्लेट सावधानीपूर्वक समीक्षा गर्न यात्रुहरूलाई प्रोत्साहित गर्छ। साथै, यात्रुहरूले आफ्ना यात्रा विवरण परिवारका सदस्य वा विश्वसनीय व्यक्तिसँग सेयर गर्न सक्ने सुविधा पनि उपलब्ध छ, जसले तेस्रो पक्षलाई रियल–टाइममा यात्राको अवस्थाबारे जानकारी दिन सहयोग पुर्‍याउँछ। यी सुविधाहरूले यात्रुहरूलाई सुरक्षित र स्वतन्त्र रूपमा यात्रा योजना बनाउन सशक्त बनाउँछन्।

यात्राका क्रममा सुरक्षा

यात्राका क्रममा इनड्राइभको लाइभ लोकेशन ट्र्याकिङ सुविधामार्फत यात्रुहरूले आफ्नो अवस्थाबारे निरन्तर जानकारी सेयर गर्न सक्छन्, जसले पारदर्शिता र विश्वास कायम राख्न मद्दत गर्छ। प्रयोगकर्ताको गोपनीयतालाई उच्च प्राथमिकता दिँदै इनड्राइभले मास्क्ड कल सुविधा उपलब्ध गराएको छ, जसले यात्रु र चालकबीच व्यक्तिगत फोन नम्बर नखुलाइकन सुरक्षित सम्पर्क सम्भव बनाउँछ।

कुनै असहज अवस्था वा आपतकालीन परिस्थितिमा इन–एप एसओएस बटन प्रयोग गरी तुरुन्त सहयोग लिन सकिने व्यवस्था गरिएको छ, जसले यात्रुहरूलाई आफ्नो यात्रामाथि थप नियन्त्रण र सुरक्षा प्रदान गर्छ।

यात्रापछि सुरक्षा

यात्रा सम्पन्न भएपछि, यात्रुहरूलाई चालकलाई रेटिङ दिन र प्रतिक्रिया (फिडब्याक) साझा गर्न प्रोत्साहित गरिन्छ। इनड्राइभको रिपोर्टिङ तथा फिडब्याक प्रणाली मार्फत प्रयोगकर्ताहरूले आफ्नो अनुभव, गुनासो वा सुझाव सहजै दर्ता गर्न सक्छन्। यसले सेवा सुधार, उत्तरदायित्व अभिवृद्धि तथा यात्रु र चालक दुवैका लागि सुरक्षित र जिम्मेवार समुदाय निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “नेपालको शहरी मोबिलिटी इकोसिस्टम तीव्र रूपमा विकसित हुँदै गएको अवस्थामा सुरक्षा र छनोटको स्वतन्त्रता एक–अर्काका पूरक तत्व हुन्। स्पष्ट जानकारी र प्रयोगमैत्री सुरक्षा उपकरणहरू उपलब्ध गराएर इनड्राइभले प्रयोगकर्ताहरूलाई आफ्नो निर्णयमाथि नियन्त्रण राख्दै आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाइरहेको छ।”

यी पहलहरूमार्फत इनड्राइभले पिपुल–सेन्ट्रिक मोबिलिटी इकोसिस्टम निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ—जहाँ प्रत्येक यात्रामा सुरक्षा, पारदर्शिता, निष्पक्षता र छनोटको स्वतन्त्रता केन्द्रमा रहन्छ।