कीवर्डहरू -

‘राइड्स फर गोल्स’ अभियानमार्फत इन्ड्राइभद्वारा २ विद्यालयको खेल मैदान सुधार

‘राइड्स फर गोल्स’ अभियानमार्फत इन्ड्राइभद्वारा २ विद्यालयको खेल मैदान सुधार

इन्ड्राइभले ‘राइड्स फर गोल्स’ अभियानमार्फत काठमाडौंका २ विद्यालयलाई खेल पूर्वाधार र सामग्री प्रदान गरेको छ । सार्वजनिक वि‌द्यालयको खेल मैदानलाई रुपान्तरण गर्नु र युवा विद्‌यार्थीहरुको खेलकुद सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्पनीले यो अभियान सुरू गरेको हो । 

अंग्रेजी मे महिनाभरि आयोजना भएको यस अभियानले प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत वि‌द्यालयहरुमा खेल मैदानहरु मर्मत गर्न र आवश्यक खेलकुदका किटहरु प्रदान गर्न योगदान गरेको छ ।

यस अन्तर्गत काठमाडौंको युनिक मोडल स्कुल र माइलस्टोन युथ इंलिस स्कुललाई छनौट भएका थिए, जसमा इन्ड्राइभले युनिक मोडल स्कुलमा बास्टकेटबल र ब्याडमिन्टन कोर्ट निर्माण गरिदिएको छ भने माइस्टोन स्कुलमा फुटबल कोर्ट निर्माण गरेको छ ।  

इनड्राइभका एशिया प्यासिफिक क्षेत्रकी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले राइड्स फर गोल्स अभियानमार्फत बालबालिकाको स्वास्थ्य र समग्र विकासमा प्रत्यक्ष सहयोग पुग्ने बताइन् ।

यस्तै, इनड्राइभ एशिया–प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टोलीले राइड्स फर गोल्स अभियान बालबालिकालाई खेलमार्फत उत्साह र अवसर प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको जानकारी दिए । 

सहयोगका लागि इन्ड्राइभले काठमाडौंका स्कुलहरू भिजिट गरेको थियो । त्यसपछि खेलकुद पूर्वाधार कम भएका र बनाउनका लागि पर्याप्त जग्गा भएका विद्यालय चयन गरिएको थियो ।