इन्ड्राइभका अध्यक्ष तथा डेपुटी सीईओ मार्क लकरेनले नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न आइसिटी अवार्ड २०२४ सँग सहकार्य गरेको बताएका छन् ।
आइसिटी अवार्डलाई एक सन्देश पठाउँदै मार्क लरेनले आईसिटी अवार्ड स्टार्टअप उपलब्धिलाई पहिचान गर्ने प्लेटफर्म मात्र नभएर यसले अन्तर्राष्ट्रिय मञ्च समेत प्रदान गर्ने बताएका छन् ।
‘इन्ड्राइभको यात्रा विश्कै चिसो शहरबाट भएको हो, जहाँ हामीले स्टार्टअप गर्दा धेरै चुनौतीहरू भोगेका थियौं,’ उनले भने, ‘त्यसैले आइसिटी अवार्ड २०२४ सँग सहकार्य गर्न पाउँदा खुसी छौं । यो प्लेटफर्म उपलब्धिलाई मात्रै पहिचान गर्ने नभएर अन्तर्राष्ट्रिय मञ्च समेत प्रदान गर्दछ ।’
स्टार्टअपलाई प्रवर्द्धन गर्न काम गरिरहेको इन्ड्राइभले यस वर्ष आइसिटी अवार्डमा शीर्ष प्रायोजन गरेको थियो । गत वर्ष पनि इन्ड्राइभले आइसिटी अवार्डसँग सहकार्य गरेको थियो । यस वर्षको इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ क्रिमसन टेकले पाएको छ ।
स्टार्टअप प्रवर्द्धन गर्न विशेष भूमिका खेल्दै आएको इन्ड्राइभले हरेक वर्ष अरोरा र अन्डरडग टेक अवार्ड समेत आयोजना गर्दै आएको छ, जसमा नेपालका स्टार्टअपहरू समेत सहभागी हुँदै आएका छन् ।
यस्तो छ उनको सन्देश