नेपालमा सेयरिङ्ग मोबिलिटी सेवाप्रदायक इनड्राइभले यात्रुहरूका लागि नयाँ अभियान 'राइड मोर, विन मोर' सुरु गरेको छ।
साउन २७ गतेदेखि भदौ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यात्रुहरूले आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
अभियानमा सहभागी हुनका लागि प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्नुपर्नेछ । ३ वटा राइड बराबर १ वटा टिकट पाइने छ ।
प्रतियोगितामा १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर र ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच पुरस्कार रहेको छ ।
इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले यस अभियान प्रयोगकर्ताले इनड्राइभलाई देखाएको विश्वास स्वरूप विशेष पहल भएको बताइन् ।
‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो । यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौ । जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ,' उनले भनिन ।
यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको छ । योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकाहरुमध्येका विजेताहरूको नाम भदौ २० गते इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ ।