इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।
इन्फिनिटी लघुवित्तले अब एनसीएचएल आईपीएस - आरपीएस प्रणालीहरुमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु गर्न सक्नेछन् ।
साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले ल्एक्ष् मार्फत आफ्नो शाखाहरुको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको ल्एक्ष् मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुले एनसीएचएल आईपीएस - आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्नेछन् ।