कीवर्डहरू -

इन्फिनिक्स हट ५० प्रो प्लस नेपालमा सार्वजनिक

इन्फिनिक्स हट ५० प्रो प्लस नेपालमा सार्वजनिक

इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम मोडेल हट ५० प्रो प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धात्मक मूल्यमा आएको यो फोन अब नेपालभर उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।

इन्फिनिक्स हट ५० प्रो प्लसको मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो स्मार्टफोन आफ्नो वर्गमा स्टाइल, पर्फमेन्स र टेक्नोलोजीको अनुपम संयोजन हो।

६.८ एमएम मोटाई भएको स्लिमएज डिजाइनमा आएको यो फोनमा थ्रीडी कर्भ्ड ६.७८ इन्चको फुल एचडी प्लस डिस्प्ले एमोलेड डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्तालाई सहज र स्टाइलिस अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । 

इन्फिनिक्स हट ५० प्रो प्लसमा हेलियो जी १०० प्रोसेसर, ८ जीबी र्‍याम (जसलाई १६ जीबीसम्म विस्तार गर्न सकिने) र २५६ जीबीको इन्टर्नल स्टोरेज दिइएको छ। यसका साथै, यो फोनमा टियुभी सर्टिफाइड ५ वर्षको परफमेन्स फ्लुएन्सी सुनिश्चित गरिएको छ, जसले लामो समयसम्म स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ।

फोनमा ५० मेगापिक्सेल डुअल एआई रियर क्यामेरा र १३ मेगापिक्सेल फ्रन्ट सेल्फी क्यामेरा रहेको छ। भिडियो तथा म्युजिक प्रेमीका लागि फोनमा जेबीएल साउन्ड सिस्टमसहित डुअल स्पिकर जडान गरिएको छ, जसले साउन्ड एक्स्पेरियन्सलाई उत्कृष्ट बनाउँछ।

यसैगरी फोनमा ५ हजार एमएएच ब्याट्री छ, जुन ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। साथै, यसमा एक्सओएस १४.५ अपरेटिङ सिस्टम (एन्ड्रोइड १४ मा आधारित) चल्नेजनाइएको छ ।