कीवर्डहरू -

नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक

नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक

इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ र ५१६० एमएएचको पाँच वर्ष टिक्ने ब्याट्री यसका मुख्य आकर्षण हुन् ।

फोनमा हेलियो जी८१ अल्टिमेट चिपसेट, वान ट्याप इन्फिनिक्स एआई, जाइरोप्रो नेभिगेसन, र स्टाइलिस ट्रिपल क्यामेरा सेटअप जस्ता विशेषताहरू रहेका छन्। ७.७ एमएको स्लिम बडी र रंगीन डिजाइनले फोनलाई हेर्दा झन् आकर्षक बनाएको छ।

हट ६० आई दुई फरक भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्‍याम प्लस १२८ जीबी स्टोरेज भएको फोनको मूल्य १५ हजार ९९९ रूपैयाँ र ४ जीबी र्‍याम प्लस १२८ जीबी  स्टोरेज भएको फोनको मूल्य १४ हजार ९९९ रूपैयाँ तोकिएको छ । 

फोनसँगै १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट स्क्रिन फ्री चेन्ज (पानी क्षति बाहेक) को सुविधा पनि उपलब्ध गराइएको छ।