कीवर्डहरू -

इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने

इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने

अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्रयोगकर्ताले फोन अनबक्स गर्दा सुगन्धको अनुभव गर्न सक्थे ।

अब भने एउटा यस्तो एआई स्मार्टफोन बजारमा आउँदैछ, जुन आफैँ परफ्युम जस्तै काम गर्नेछ । हामी कुरा गर्दैछौं इन्फिनिक्सको । अब यसले आफ्नो आउँदै गरेको नोट ५० एस फाइभजी प्लसमा एक नयाँ र अनौठो प्रविधिको प्रयोग गर्न लागेको छ । इन्फिनिक्सको यस नयाँ प्रविधाको नाम 'फोन इनर्जाइजिङ सेन्ट–टेक' राखिएको छ ।

यस प्रविधिको सहायताले अब इन्फिनिक्सको फोनले प्रयोगकर्तालाई राम्रो सुगन्ध पनि दिनेछ । कम्पनीले यो फोन आगामी १८ अप्रिलमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले यस फोनसँग सम्बन्धित केही अन्य जानकारीहरू पनि बाहिर आएका छन् ।

स्मार्टफोन निर्माता कम्पनीहरू ग्राहकलाई आकर्षित गर्न कुनै पनि मौका छुटाउन चाहँदैनन् । त्यसैले निरन्तर नयाँ इनोभेसन देख्न पाइन्छ । वास्तवमा इन्फिनिक्सले आफ्नो आउँदै गरेको नोट ५० एस फाइभजी प्लस फोनको भीगन लेदर ब्याक प्यानलमा माइक्रो–एन्क्याप्सुलेशन टेक्नोलोजीको प्रयोग गर्न लागेको हो ।

यस प्रविधिका कारण फोनको ब्याक प्यानलबाट सुगन्ध आउनेछ । कम्पनीका अनुसार कति तीव्र गन्ध आउनेछ र कहिले–कहिले आउनेछ भन्ने कुरा फोन प्रयोग गर्ने तरिका र वरिपरिको वातावरणमा निर्भर गर्नेछ ।

नोट ५० एस फाइभजी प्लस फोन तीन रंगमा उपलब्ध हुनेछ । रूबी रेड र टाइटेनियम ग्रे भेरिएन्टमा मेटालिक फिनिश रहनेछ भने म्यारीन ड्रिफ्ट ब्लू रंगको भीगन लेदर ब्याक प्यानलमा माइक्रो–एन्क्याप्सुलेशन टेक्नोलोजी को प्रयोग गरिनेछ, जसले फोनलाई लामो समयसम्म सुगन्धित बनाइराख्नेछ ।

नोट ५० एस फाइभजी६ जीबी प्लस १२८ जीबी भेरिएन्ट र ८ जीबी प्लस १२८जीबी भेरिएन्टमा उपलब्ध हुनेछ । यो फोन एनचान्टेड पर्पल, सी ब्रिज ग्रीन र टाइटेनियम ग्रे रंग विकल्पमा उपलब्ध हुनेछ । यसमा डुअल सिम सपोर्ट हुनेछ र एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५ चल्नेछ ।

यसमा १२० हट्र्ज रिफ्रेश रेट भएको ६.६७ इन्चको एचडी प्लस डिस्प्ले दिइनेछ । फोनमा मेडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट प्रोसेसर प्रयोग गरिनेछ, जुन प्रोसेसर प्रयोग गर्ने यो पहिलो स्मार्टफोन हुनेछ ।

यसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेल्फीका लागि दिइनेछ । फोनको मूल्य २० हजार भारतीय रूपैयाँ वरपर हुने अनुमान गरिएको छ ।