कीवर्डहरू -

छपाइ गरी वितरणका लागि तयार भएका लाइसेन्सको जानकारी अब फेसबुकबाटै दिइने

छपाइ गरी वितरणका लागि तयार भएका लाइसेन्सको जानकारी अब फेसबुकबाटै दिइने

यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ।

बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि तयार भएका लाइसेन्सको जानकारी अब फेसबुकबाटै दिने विभागले जानकारी दिएको हो । 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ।’

विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन हुनेछ । त्यसपछि आवेदन सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ।

यसअघि छपाइ भएका लाइसेन्सको जानकारी म्यासेजबाटै दिने गरेको भएपनि जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएपछि फेसबुक पेजबाटै जानकारी दिने तयारी गरिएको हो ।