कीवर्डहरू -

सूचना विज्ञान र सञ्चार प्रविधि सम्मेलन 'आईसीआईएससीटी २०२५ काठमाडौंमा ,पेपर सबमिशन खुल्यो

सूचना विज्ञान र सञ्चार प्रविधि सम्मेलन 'आईसीआईएससीटी २०२५ काठमाडौंमा ,पेपर सबमिशन खुल्यो

सूचना विज्ञान र कम्युनिकेशन टेक्नोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।आईईईई आईसीआईएससीटी २०२५ अन्तर्राष्ट्रिय सम्मेलन सूचना विज्ञान र सञ्चार प्रविधि— अनुप्रयोग, प्रवृत्ति र अवसरहरू (ICISCT 2025-Applications, Trends and Opportunities) काठमाडौंमा आयोजना हुने भएको हो। सम्मेलन २६ र २७ डिसेम्बर २०२५ मा आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

सम्मेलनको आयोजना नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी- एनसीआईटी द्वारा गरिएको छ र सह-आयोजकको रूपमा हाङ्झोउ इन्टरनेशनल इनोभेसन इन्स्टिच्युट, बिहाङ विश्वविद्यालय सङ्ग सहकार्य गरिएको छ। सम्मेलनलाई प्राविधिक रूपले आइइइई र आइइइई फोटोनिक्स सोसाइटीले प्रायोजित गरेको बताइएको छ।

आयोजकले घोषणा गरेका अनुसार शोधपत्र (पेपर)हरु स्वीकृत भएमा ती इन्जिनियरिङ इन्डेक्स (ईआई), ईआई कम्पेण्डेक्स, स्कोपस, र आइइइई एक्स्प्लोरमा समावेशका लागि पेश गरिने छन् र स्वीकारिएको हरेक पेपरलाई आईएसबिएन नम्बरहरू दिइनेछ। प्रकाशनका लागि प्रिन्ट, यूएसबी तथा आर्टिकल भागहरूमा छुट्टै आईएसबिएन/पार्ट नम्बर निर्धारण गरिएको छ।

लेखकहरूले अनलाइन वा प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने दुवै विकल्प उपलब्ध रहेको विज्ञप्तिमा भनिएको छ। पेपर सबमिशन खुल्ने लिंक र थप जानकारीका लागि आयोजकले वेब पोर्टलमा आवेदन खुलाएको छ: ।

संघठनले थप सम्पर्क विवरणमा नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी (एनसआईटी), बालकुमारी, ललितपुरको फोन नम्बर ५१८६३५४, ५१८६३५५ र ईमेल [email protected] उपलब्ध गराएको छ।

आयोजकले सम्मेलनलाई अनुसन्धान र नयाँ प्रविधि प्रदर्शनको प्लेटफर्मको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय तथा स्थानीय अनुसन्धानकर्ताहरूलाई समावेश गर्ने लक्ष्य राखेको जनाएको छ। आयोजकले इच्छुक अनुसन्धानकर्तालाई निर्धारित मापदण्ड र समयसीमाभित्र पेपर पेश गर्न आग्रह गरेको छ।