सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नु अगाडि अब सूचना प्रविधि विभागबाट समेत स्वीकृति लिनुपर्ने भएको छ ।
सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नु अगाडि विभागबाट अनुमति लिनुपर्ने व्यवस्था राखेको हो ।
मस्यौदामा सूचना प्रविधि सम्बन्धि उद्यम वा व्यवसाय सञ्चालन गर्नु अघि विभागको स्वीकृत अनिवार्य लिनुपर्ने र दर्ता तथा खारेजको जानकारी पनि विभागलाई दिनुपर्ने उल्लेख गरिएको छ ।
यसअघि कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर व्यवसाय सञ्चालन गर्न सकिन्थ्यो । तर यदी यो विधेयकको मस्यौदा संसदमा पुगेर पास भइ ऐनको रूपमा लियो भने व्यवसाय सञ्चालन गर्न विभागको समेत अनुमति लिनुपर्नेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि आगामी १५ दिनभित्र [email protected] मा राय सुझाव इमेल गर्न अनुरोध गरेको छ ।
सूचना प्रविधिको विकास, प्रबर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा साइबर स्पेसमा सङ्कलित, सङ्ग्रहित, प्रशोधित, प्रकाशित वा प्रसारित सूचना, तथ्याङ्क एवम् सूचना तथा सञ्चार प्रविधि प्रणालीको गोपनीयता, अखण्डता, उपलब्धता, प्रमाणिकता र आधिकारिकता कायम राख, संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा सुरक्षा गर्न, सूचना प्रविधि तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन गर्न, अनुसन्धान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न सरकारले नयाँ विधेयकको मस्यौदा तयार पारेको हो ।
यस्तो छ विधेयकको मस्यौदा