कीवर्डहरू -

डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध

डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध

सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ अनुसार विभागले सूचीकृत हुन आह्वान गरेको हो । 

निर्देशिकाको दफा ३ बमोजिम डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकले सेवा प्रदान गर्नुपूर्व विभागमा सूचीकृत हुनु पर्ने व्यवस्था छ । साथै यो निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका डेटा सेन्टर सञ्चालकले ६ महिना भित्र सम्बन्धित कागजात सहित अनिवार्य रुपमा विभागमा सूचीकृत हुन निवेदन दिनु पर्ने छ । 

निर्देशिकाको दफा ३ ले तोके बमोजिम सूचिकृत हुन डाटा सेन्टर र क्लाउड सेवा प्रदायक संस्थाले तोकिएका कागजातसहित निवेदन दिन विभागले आह्वान गरेको हो । निवेदनको ढाँचा, डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ र विभागको वेभसाइट www.doit.gov.np बाट प्राप्त गर्न सकिने छ ।

सूचना प्रविधिको प्रयोग मार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरूको सुरक्षित तथा गोपनीय तवरले देशभित्र भण्डारण गर्न प्रोत्साहित गर्ने तथा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूलाई सूचीकृत गरी सोको व्यवस्थापन मार्फत सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रुपमा सञ्चालन गर्न डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ २०८१ ल्याइएको थियो ।