कीवर्डहरू -

चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न

चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न

चितवनको सौराहामा  सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’  सम्पन्न भएको छ । उक्त कार्यशाला  माघ १४ देखि १८ गतेसम्म सञ्चालन भएको थियो । 

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो । कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघ संस्थाबाट सहभागिता थियो । 

उक्त कार्यशालामा नेपाल टेलिकम, डिश मिडिया नेटवर्क, क्लाउड हिमालय, चौधरी टेक्नो ट्रेडर्स, एस्टाभिजन इन्फोसेस, एलिशा कम्युनिकेसन, पीडीएस सर्भर नेटवर्क, सुबिसु केबलनेट, टेक माइन्ड्स, द ब्रिटिश कलेज, वेब सर्फर, भायानेट, स्वर्गद्वारी कम्युनिकेसन र मेड इन्फोटेक कम्पनीबाट सहभागीता थियो । 

इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी हुने विश्वास लिइएको छ । कार्यशालामा ३९ जना जना सहभागी रहेका थिए । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ छनोट भै तालिम मा सहभागी जनाउनुभएको थियो । 

पाँच दिन सम्म संचालन भएको कार्यशालालाई एपनिक। एनटीए, आईस्पान, एनरेन, वर्ल्डलिंक, सुबिसु, पीसीएच, वर्कलय, कलस सर्भिस, वेब सर्फर, ओम नेवर्क, टेकमाइन्ड्स, डिशहोम, भायानेट लगायतले आवश्यकसहयोग गरेका थिए ।