कीवर्डहरू -

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथा टेकस्पायर कलेजको सह-आयोजना एक्सपो सञ्चालन भएको थियो । 

बिहीबार र शुक्रबार २ दिनसम्म सञ्चालन भएको एक्सपोमा रोबो सकर, रोबो रेस, रोबो सुमो र प्रोजेक्ट प्रतियोगिता लगायत भएका थिए ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौडा, इटहरी लगायतका ठाउँबाट विद्यार्थीहरूले परियोजना प्रर्दशनीमा राखेका थिए । 

इन्नोभेट एक्सपोमा राम्रो गर्ने विद्यार्थीहरू भारतमा हुने टेक्नोएशिया वर्ल्डकप प्रतियोगीतामा सहभागी हुने अवसर समेत पाउने छन् । 

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो, जसको प्राइज पुल १ लाख ३० हजार रहेको छ । यस बाहेक ५० हजार बराबरको गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ ।