कीवर्डहरू -

गत हप्तामा हेरेको रील खोज्दै हुनुहुन्छ? इन्स्टाग्राममा वाच हिस्ट्री जाँच गर्ने तरिका

गत हप्तामा हेरेको रील खोज्दै हुनुहुन्छ? इन्स्टाग्राममा वाच हिस्ट्री जाँच गर्ने तरिका

सामाजिक मिडिया प्लेटफर्म इन्स्टाग्रामले नयाँ हेर्ने इतिहास फिचर सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले हालै हेरेको रीलहरू सहज रुपमा फेला पार्न सक्ने छन्।

यो सुविधा एन्ड्रोइड र आइफोन दुबैमा क्रमशः रोलआउट भइरहेको कम्पनीले जनाएको छ र एपको सेटिङ्सभित्र उपलब्ध हुनेछ।

फिचरले प्रयोगकर्ताको पछिल्ला केहि दिन र हप्तामा हेरिएका सबै रीलहरूको सूची देखाउँछ, जसले गुमिएका मनपर्ने भिडियो छिट्टै फेला पार्न सहयोग गर्छ। यदि प्रयोगकर्ताले कुनै रील सेभ वा सेयर गर्न बिर्सिए पनि अब पुनः खोज्न धेरै सहज हुने कम्पनीको दाबी छ।

कसरी हेर्ने?

प्रोफाइल खोल्नुहोस्, माथि दायाँतर्फ रहेको तीन रेखाको मेनुमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंको क्रियाकलापमा (Your Activity) जानुहोस् र इतिहास (History) चयन गर्नुहोस्।

हेर्ने इतिहास केवल सूची मात्र नभई फिल्टर गर्ने सुविधा समेत प्रदान गर्छ। प्रयोगकर्ताले मिति अनुसार, खाताबाट वा क्रमअनुसार (पुरानोदेखि नयाँ वा नयाँदेखि पुरानो) रीलहरू अलग्गै हेर्न सक्नेछन्। साथै चाहेमा व्यक्तिगत रील हटाउन वा सम्पूर्ण हेर्ने इतिहास एकैपटक क्लियर गर्न पनि सकिन्छ।

यो सुविधा रीलहरूमा लगातार स्क्रोल गर्ने प्रयोगकर्ताका लागि उपयोगी ठहर्छ र यूट्युबको हेर्ने इतिहास जस्तो अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ।