कीवर्डहरू -

इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य

इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य

इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्तीमा १ हजार फलोअर्स र पब्लिक अकाउन्ट हुनु अनिवार्य हुनेछ ।

यसअघि फ्लोअर जति भएपनि र अकाउन्ट प्राइभेट भएता पनि सहजै लाइभ गर्न पाइन्थ्यो । यस निर्णयले साना अकाउन्ट र साधारण प्रयोगकर्तालाई असर पार्नेछ । 

परिवर्तनबाट प्रभावित प्रयोगकर्ताले प्राप्त गर्ने नोटिफिकेशनमा लेखिएको छ, ‘हामीले यो फीचर प्रयोग गर्ने शर्तहरू बदलिसकेका छौँ। अब केवल पब्लिक अकाउन्टहरू जससँग १ हजार वा बढी फलोअर्स छन्, उनीहरूले मात्र लाइभ भिडियो बनाउने सक्नेछन्।’

यो अपडेटपछि धेरै युजर्स असन्तुष्ट छन् र सोसल मिडियामा विरोध गर्दै कम्पनीलाई निर्णय फिर्ता गर्न माग गरिरहेका छन्।

इन्स्टाग्रामको यो कदम टिकटकको नीतिसँग मेल खान्छ, जहाँ लाइभ-स्ट्रीमिङको सुविधा पाउन १,००০ फलोअर्स अनिवार्य छ । यसको तुलनामा युट्युबजस्ता प्लेटफर्ममा मात्र ५० सब्सक्राइबर भएकै व्यक्तिले पनि लाइभ जान सक्छन्।

यद्यपि इन्स्टाग्रामले यो नियम पछाडि स्पष्ट कारण भने बताएको छैन, तर उद्देश्य लाइभ स्ट्रिमको क्वालिटी बढाउनु र कम भ्युअरशिप भएका स्ट्रिमबाट हुने खर्च घटाउनु यसको उद्देश्य रहेको बताइएको छ । 

यो मिनिमम फलोअर्सको शर्त लागू गरेर इन्स्टाग्राम सुनिश्चित गर्न चाहन्छ - लाइभ-स्ट्रीमिङ त्यस्ता युजर्सले मात्र गर्नेछन् जससँग पहिले नै राम्रो अडियन्स छ। यसले भ्युअर्सका लागि ओभरअल एक्सपिरियन्स सुधार हुन सक्छ, किनभने बोरिङ वा कम इन्टरएक्टिभ कन्टेन्ट आफैं फिल्टर हुनेछन्।

यो निर्णय मेटा (इन्स्टाग्रामको पेरेन्ट कम्पनी) का आर्थिक हितसँग पनि जोडिएको हुन सक्छ। किनभने लाइभ-स्ट्रीमिङ महँगो हुन्छ, त्यसैले कम्पनीले यो सुविधा तिनै युजर्ससम्म सीमित राखेमा सर्भर र इन्फ्रास्ट्रक्चरमा कम लोड पर्नेछ । साथै, यो निर्णयले इन्स्टाग्रामलाई अन्य सोसल मिडिया प्लेटफर्महरूसँग स्ट्र्याटेजिक रूपमा अलाइन गराउँछ, जसले पहिले नै यस्तै थ्रेसहोल्डहरू लागू गरिसकेका छन्।