अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा बढी सामानहरूमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ।
हाम्रो बजारको यो सुविधामार्फत ग्राहकहरूले आवश्यक वस्तुहरू अहिले नै किन्न सक्ने र भुक्तानीलाई सहज रूपमा महिनावारी किस्तामा तिर्न सक्ने जनाइएको छ ।
ग्राहकहरूले बालाजी डायमण्ड, ओलिज स्टोर, सोनी, बिग डिजिटल, अनर, लेनोभो, पानासोनिक, सन्सुई, यासुदा, अकारिटेकजस्ता थुप्रै प्रतिष्ठित ब्रान्डहरूमा गई पसलमै बीएनपीएल सेवा लिन सक्ने हाम्रोबीएनपीएलले जनाएको छ ।
विशेषगरी फोन ऋणका लागि योग्य ग्राहकहरूले हाम्रोबीएनपीएल प्रयोग गरेर ६ महिनासम्म ब्याज नलाग्ने किस्ताबन्दी सुविधाको फाइदा उठाउन सक्नेछन्।
यो सुविधा हाल कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका फोन ऋण योग्य ग्राहकहरूका लागि उपलब्ध रहेको कम्पनीको भनाइ छ। नयाँ प्रविधि र डिजिटल वित्तीय समाधानलाई आत्मसात गर्दै ल्याइएको यो सेवा नेपाली उपभोक्ताको किनमेल अनुभवलाई अझ सरल, सहज र स्मार्ट बनाउने लक्ष्यसहित सुरु गरिएको हाम्रोबीएनपीएलले जनाएको छ ।