कीवर्डहरू -

टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन

टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन छ । 

बिहीबार बसेको समितिको बैठकले एक हप्तामा टेरामक्स र एमडीएमएस खरिदका सुरूवातदेखिका सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई कागजात उपलब्ध गराउन समितिले एकसातको समय दिएको छ । 

टेरामक्स र एमडीएमएस खरिदका कागजात प्राप्त भएपछि विज्ञहरूसँग छलफल गर्ने समितिले योजना बनाएको छ ।