कीवर्डहरू -

आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ

आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ

आईएमई पे र खल्तीले एकीकृत कारोबार सुरू गरेका छन् । साउन १ गतेदेखि आईएमई पे र खल्तीले आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । 

‘खल्ती बाई आईमएई’ नामबाट डिजिटल वालेट सञ्चालन हुनेछ । कम्पनीको चुक्ता पुँजी ५४ करोड रूपैयाँ रहेको छ भने कुल ग्राहक १ करोड २७ लाख रहेका छन् । चुक्ता पुँजी र ग्राहक सेवाका आधारमा खल्ती बाई आईमएई देशकै ठूलो डिजिटल वालेट बनेको छ ।

बिहीबार आयोजित एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले लाइसेन्स हस्तान्तरण गरेका थिए ।  

नयाँ सञ्चालक समितिलाई लाइन्सेस हस्तान्तरण गर्दै डेपुटी गभर्नर

नयाँ कम्पनीको सीईओमा विनय खड्का रहेका छन् । यसअघि उनी खल्तीको सीईओ रहेका थिए । कार्यक्रममा बोल्दै सीईओ खड्काले अब खल्ती बाई आईएमईले वित्तीय समावेशीतामा जोड दिने बताए । 

आईएमई खल्ती लिमिटेडको अध्यक्षमा कृष्ण प्रसाद शर्मा रहेका छन् । सञ्चालक समिति सदस्यमा दिवाकर पौडेल, सिताराम थापा, प्रविण रेग्मी, अमित अग्रवाल, अर्बिन्द शाह र मनिष मोदी चयन भएका छन् ।

एकीकरण पश्चात् नयाँ कम्पनीको मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा राखिएको छ ।