कीवर्डहरू -

आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?

आन्तरिक मेमोरी कि एसडी कार्ड ? फोन स्टोरेज बढाउन कुन प्रयोग गर्ने ?

आजको समयमा स्मार्टफोन केवल कल गर्ने उपकरण मात्रै होइनन्, बरु हाम्रो डिजिटल जीवनको एक महत्वपूर्ण हिस्सा बन्न पुगेका छन्।

भिडियो, फोटो, गेम तथा एप्सहरूको बढ्दो मागसँगै स्टोरेजको महत्व पहिलेभन्दा धेरै बढेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ, फोनमा भएको आन्तरिक मेमोरी नै उपयुक्त विकल्प हो कि एसडी कार्ड लगाएर स्टोरेज बढाउनु उत्तम हुन्छ? दुबैको आफ्ना फाइदा र बेफाइदा हुन्छन्, जुन बुझ्नाले तपाइँलाई सहि निर्णय लिन मद्दत पुग्छ।

आन्तरिक मेमोरी: छिटो र भरपर्दो

आन्तरिक मेमोरी फोनको स्थायी भाग हो, जसमा अपरेटिङ सिस्टम र आवश्यक एपहरू इन्स्टल हुन्छन्। यो फोनमै इनबिल्ट भएर आउने हुँदा आफै बडाउन मिल्दैन् र बढि आन्तरिक स्टोरेज भएको फोनका लागि नयाँ फोननै किन्नुपर्ने हुन्छ ।

फाइदा

  • राम्रो प्रदर्शन किनकि यो सिधै प्रोसेसरसँग जोडिएको हुन्छ।

  • बढी सुरक्षित र करप्ट (डेटा बिग्रने) हुने सम्भावना कम।

  • धेरै एप र गेमहरू मात्र आन्तरिक मेमोरीमै चल्छन्।

  • यूएफएस स्टोरेज (यूएफएस / युनिभर्सल फ्ल्यास स्टोरेज) हुँदा छिटो डेटा रिड/राइट स्पीड प्राप्त हुन्छ।

कमजोरीहरू

  • स्टोरेज बढाउने सुविधा हुँदैन।

  • बढी स्टोरेज भएको फोन महँगो पर्छ।

एसडी कार्ड: किफायती र विस्तारयोग्य

एसडी कार्ड एक हटाउन योग्य उपकरण हो, जुन आवश्यकताअनुसार फोनमा राख्न सकिन्छ।

फाइदा

  • ३२ जीबी देखि लिएर ५१२ जीबीसम्म स्टोरेज बढाउने विकल्प।

  • नयाँ फोन किन्नेभन्दा सस्तो विकल्प।

  • फाइल ट्रान्सफर सजिलो, अरू डिभाइसहरूमा सजिलै प्रयोग गर्न मिल्छ।

कमजोरीहरू

  • आन्तरिक मेमोरीको जस्तो रिड/राइट स्पीड नहुन सक्छ।

  • सस्तो कार्डहरू चाँडै करप्ट हुनसक्छन् र डेटा हराउन सक्छ।

  • सबै फ्ल्यागशिप फोनहरूमा एसडी कार्ड स्लॉट हुने गर्दैन।

यदि तपाईं स्मूथ र उच्च-प्रदर्शन अनुभव चाहनुहुन्छ भने आन्तरिक मेमोरी नै सही विकल्प हो। तर यदि फोनमा ठाउँ कम छ र तपाईं मुख्यतः मिडिया फाइलहरू (भिडियो, फोटो, संगीत) मात्र सुरक्षित गर्न चाहनुहुन्छ भने एसडी कार्ड किफायती र सुविधाजनक विकल्प हुनसक्छ।