कीवर्डहरू -

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने

तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर हुन लागेको हो । 

आगामी असोज १७ गतेदेखि २४ गतेसम्म अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको तेस्रो संस्करण नेपालमा हुँदैछ । 

वि.सं. २०७९ साल बाट शुरु भएको अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको नेपाल एक संस्थापक सदस्य राष्ट्र हो । प्रतियोगिताको पहिलो संकरण (IOAA-Jr 2022) रोमानिया तथा दोस्रो संकरण (IOAA-Jr 2023) ग्रीसमा आयोजना गरिएको थियो ।