नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३० औं वर्षमा प्रवेश गरेको छ ।
अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सन् १९९५ सेप्टेम्बरमा वर्ल्डलिंकको सुरूवात भएको थियो ।
अहिले ९ लाख घरधुरीमा वर्ल्डलिंकको इन्टरनेट प्रयोग भइरहेको छ । हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।
कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ ।