कीवर्डहरू -

बीवाईडीका गाडी किन्न इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने

बीवाईडीका गाडी किन्न इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने

बीवाईडीका विद्युतीय गाडी गर्नेहरुका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।

बैंक र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच सम्झौता भएसँगै इन्भेस्टमेन्ट मेगा बैंकले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको हो ।

उक्त सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साइमेक्स इंकको तर्फबाट सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बीवाईडीको गाडी किन्न चाहनेले इन्भेस्टमेन्ट मेगा बैंकको जुनसुकै शाखाबाट अटो ऋणका लागि आवेदन दिएमा ३ दिनमा फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । यस्तो कर्जाको ब्याजदर आधार दरमा जम्मा १ प्रतिशत मात्रै प्रिमियम थप हुने जनाइएको छ ।