कीवर्डहरू -

लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता

लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता

आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित सरकारले तेस्रो पटक लगानी सम्मेलन गर्दैछ । 

तेस्रो लगानी सम्मेलनका लागि सरकारले टेस्लाका संस्थापक एलन मस्क, मेटाका संस्थापक मार्क जुकरवर्ग, अलिबाबका संस्थापक ज्याक मा, अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगायत विश्वका विभिन्न धनाढ्य व्यक्तिहरूलाई निमन्त्रणा पठाएको छ । 

यस्तै विभिन्न देशका लगानीकर्तालाई समेत लगानी सम्मेलनमा आउन दुतावासमार्फत सरकारले निमन्त्रणा पठाइरहेको छ ।  

सरकारले लगानी सम्मेलनमा कृषि, पर्यटन, सूचना प्रविधि, उर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यस बाहेक अन्य क्षेत्रमा समेत नेपालमा राम्रो सम्भावना रहेकाले लगानी गर्न सकिने सरकारले जनाएको छ ।