कीवर्डहरू -

आईफोन १६ सिरिज सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

आईफोन १६ सिरिज सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

एप्पलले आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार एप्पलले आईफोन १६ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्रो,  आईफोन १६ प्लस र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो । 

आईफोन १६ मा शक्तिशाली प्रोसेसर ए१८ चिपसेट राखिएको छ । यो प्रोसेसरले डेक्स्टप कम्प्युटरलाई टक्कर दिन सक्ने एप्पलको दावी छ । प्रोसेसरले एप्पल इन्टेलिजेन्सका सेवाहरू अन बोर्ड प्राइभेट क्लाउड कम्प्युट, जेनेरेटिभ रूपमा सिर्जना गरिएको इमोजी, इमेल प्लेग्राउण्ड, फोटो सर्च लगायतको सुविधा प्रयोग गर्न सघाउने छ । 

एप्पल इन्टेलिजेन्स सुविधाहरू अर्को महिनादेखि रोलआउट हुन सुरू गर्नेछन् । आईफोन १६ को बेस मोडलमा यस पटक ह्याण्डेड डाउन फिचर उपलब्ध भएको छ, जुन पहिला प्रो मोडलमा मात्रै उपलब्ध थियो । 

आईफोन १६ र आईफोन १६ प्लस

यस्तै आईफोन १६ मा एक्सन बटन समेत उपलब्ध भएको छ । आईफोन १६ को स्क्रिन साइज ६.१ इन्च र आईफोन १६ प्लस ६.७ इन्चमा उपलब्ध रहेको छ । फोनमा ४८ मेगापिक्सेल मुख्य लेन्स र १२ मेगापिक्सेल टेलिफोटो लेन्स राखिएको छ ।

आईफोन १६ र आईफोन १६ प्लस अल्ट्रामरिन, टिल, पिंकसहित कालो र सेतो रङमा आउने छ । आईफोन १६ को सुरूवाती मूल्य ७९९ अमेरिकी डलर र प्लसको सुरूवाती मूल्य ८९९ डलर तोकिएको छ । 

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स

आईफोन १६ प्रो फोन क्रियटहरूका लागि लक्षित गर्दै ल्याएको देखिन्छ । यसमा अधिक सिनेम्याटिक र अडियो फिडरहरू रहेका छन् । प्रो मोडेलको डिस्प्ले ६.३ इन्च रहेको छ भने प्रो म्याक्स ६.९ इन्च रहेको छ । नयाँ प्रो मोडेलमा १६ कोर न्युट्रल इन्जिन भएको ए १८ प्रो प्रोसेसर राखिएको छ । 

यसलाई एप्पलले स्मार्टफोनमध्येमा यो चीप फास्ट भएको बताएको छ । यसमा पनि क्यामेरा कन्ट्रोल फिचर उपलब्ध भएको छ, जसले आगामी दिनमा आउने भिजुअल इन्टेलिजेन्सलाई ह्याण्डल गर्नेछ । 

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स

आईफोन १६ प्रोमा ४८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ भने रियरमा ४८ मेगापिक्सेलको फ्युजन क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा राखिएको छ । 

यसमा १२० एफपीएसमा फोरके भिडियो खिच्न सकिने छ । यसमा भ्वाइस मेमो फिचर समेत उपलब्ध रहेको छ । सबै आईफोन १६ मोडलले क्युआई टु चार्जिङ समेत सपोर्ट गर्नेछन् ।  आईफोन १६ प्रोको सुरूवाती मूल्य ९९९ अमेरिकी डलर र आईफोन १६ प्रो म्याक्सको सुरूवाती मूल्य १ हजार १९९ अमेरिकी डलर तोकिएको छ । 

आईफोन १६ सिरिजको प्रि अर्डर शुक्रबारदेखि सुरू हुनेछ भने सेप्टेम्बर २० देखि स्टोरहरूमा समेत उपलब्ध हुनेछन् ।