कीवर्डहरू -

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने अनुमान छ । 

अहिले एप्पलले इन हाउस मोडेममा काम गरिरहेको छ । नेभरको रिपोर्ट अनुसार त्यो मोडेम समावेश हुने आइफोन एसई चार पहिलो डिभाइस हुनेछ ।

एप्पलले आफ्नै मोडेम विकास गरेपछि क्वालकमलाई यसको चिप्सको लागि शुल्क तिर्नुपर्ने छैन् । एप्पलले क्वालकमलाई कति रकम तिर्छ भन्ने कुरा स्पष्ट छैन, तर त्यो रकम सानो छैन ।

आइफोन एसको अघिल्लो जेनेरेसनको सुरुआती मूल्य ४२९ डलर थियो । तर आईफोन एसई ४ अघिल्लो भन्दा धेरै सक्षम हुने भएकाले मूल्य वृद्धिको अपेक्षा गरिएको थियो । 

यद्यपी एप्पलको आफ्नै मोडेमको समावेशले मूल्य घटाउन सक्ने बताइएको छ । नेभरका अनुसार यसले आइफोन एसई ४ लाई ५०० डलर भन्दा कम मूल्यमा राख्न मद्दत गर्नेछ । 

आईफोन एसई अन्य आईफोनभन्दा किफायति हुँदै आएको छ । आइफोन एसई ४ शक्ति र आकारको मामिलामा कम कमजोरी हुने र डिजाइनमा आइफोन १४ जस्तै देखिने अनुमान गरिएको छ । 

यसको क्यामेरा आइफोन १६ प्रो म्याक्सको जस्तै शक्तिशाली त हुने छैन, तर यसले अझै धेरै राम्रो शक्ति दिनेछ । यसमा ४८ मेगापिक्सेल पछाडिको क्यामेरा र १२ मेगापिक्सेलको अगाडिको क्यामेरा आउने जनाइएको छ । साथै, यसमा फेस आईडी पनि समावेश हुने अनुमान गरिएको छ ।