कीवर्डहरू -

मतदाता नामावलीमा कुनै त्रुटी छ ? घरमै बसेर यसरी सच्याउनुहोस्

मतदाता नामावलीमा कुनै त्रुटी छ ? घरमै बसेर यसरी सच्याउनुहोस्

के तपाईको मतदाता नामावलीमा कुनै त्रुटी छ ? त्यसो भए चिन्ता नलिनुहोस्, तपाईले घरमै बसेर सच्याउन सक्नुहुनेछ । 

निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावलीमा भएको गल्ती सच्याउने सुविधा दिएको छ । आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा भएको गल्ती सच्याउन सक्नुहुन्छ । 

अनलाइनबाट त्रुटी सच्याउने, मतादाता नामवली सार्ने, झुटा विवरण दिई मतदाता नामावलीमा समावेश भएको उजुरी गर्ने र नामवलीमा परेको नाम हटाउने जस्ता काम गर्न सकिने छ । 

यसका लागि सुरूमा निर्वाचन आयोगको वेबसाइटमा जानुहोस् । त्यसपछि मतदाता नामावली प्रि-रजिष्ट्रेसन र अध्यावधिकको विकल्पमा क्लिक गरेर नामवली अध्यावधिकमा जानुहोस् । अब मोबाइल नम्बर हानेर सो नम्बरमा आएको ओटीपी राखेर अगाडि बढ्नुहोस् र नयाँ अनुरोधमा क्लिक गर्नुहोस् । 

नयाँ अनुरोधमा क्लिक गरेपछि मतदाता नम्बर र नागरिकता नम्बर वा जन्मिति राख्नुहोस् । त्यसपछि गल्ती सच्याउने, नामवली सार्ने वा के गर्ने हो त्यसको अनुसूची छनौट गर्नुहोस् र अगाडि बढ्नुहोस् । 

यति गरेपछि निवेदनको दिने फारामको ढाँचा खुल्छ र सच्याउनका लागि दायाँतिरको रहेको कलमको जस्तो संकेतमा क्लिक गर्नुपर्ने हुन्छ । यदी विवरण सच्याउनुपर्ने हो भने त्यसलाई प्रमाणित गर्ने नागरिकता, विवाह प्रमाणपत्र, बसाईसराईको प्रमाणपत्र अपलोड गर्नुपर्छ । त्यसरी अपलोड गरिने फाइलको आकार 500KB भन्दा बढी हुनुपर्ने छैन् ।