कीवर्डहरू -

के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ? यसरी पत्ता लगाउनुहोस्

के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ? यसरी पत्ता लगाउनुहोस्

स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। यस डिभाइसको सहयोगले अहिले धेरै काम केही मिनेटमै गर्न सकिन्छ। टाढा रहेका व्यक्तिसँग कुरा गर्नुपरेको होस्, कसैलाई पैसा पठाउनुपरेको होस् वा कुनै सामान अर्डर गर्नुपरेको होस् — यो डिभाइसले धेरै काम सजिलो बनाइदिएको छ ।

एआई  फिचरहरूले त यसलाई झनै पावरफुल बनाइदिएको छ। तर के तपाईंलाई थाहा छ तपाईंको फोन कति पावरफुल छ?

आज हामी तपाईंलाई यस्ता केही तरिकाहरू बताउँछौं जसको माध्यमबाट तपाईं आफ्नो डिभाइसको वास्तविक परफर्मेन्स चेक गर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ कि तपाईंको फोनले कति ‘हेभी’ काम सजिलैसँग झेल्न सक्छ ।

कसरी चेक गर्ने?

यसका लागि तपाईं दुई तरिका अपनाउन सक्नुहुन्छ। पहिलो, तपाईं आफ्नो फोनको सेटिङ्स प्रयोग गरेर यसको जानकारी पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि सेटिङ्समा गई ब्याट्री एण्ड डिभाइस केयरमा जानुहोस् ।  त्यहाँबाट तपाईं फोनको मेमोरी र परफर्मेन्स चेक गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका भनेको एनटूटू (An TuTu) जस्ता बेंचमार्किङ एपहरूको प्रयोग गर्नु हो, जसले तपाईंको फोन कति पावरफुल छ भनेर जानकारी दिन्छ ।

सेटिङ्सबाट परफर्मेन्स चेक गर्ने तरिका

ब्याट्री एण्ड डिभाइस केयरः आजकाल धेरै स्मार्टफोनको सेटिङ्समा ब्याट्री एण्ड डिभाइस केयर नामको छुट्टै सेसन हुन्छ जहाँबाट तपाईं फोनको मेमोरी र परफर्मेन्सको अवस्था बुझ्न सक्नुहुन्छ ।
त्यसैगरी, कुन एप वा सेटिङ्सले तपाईंको फोन स्लो बनाइरहेको छ भन्ने पनि यहाँ देख्न सकिन्छ । 

र्यामको प्रयोगः यससँगै तपाईं र्यामको कति प्रयोग भइरहेको छ र कति फ्री स्पेस उपलब्ध छ भन्ने पनि सेटिङ्समा हेर्न सक्नुहुन्छ ।

केही फोनमा त यहीँबाट र्याम क्लिन गर्ने अप्शन पनि हुन्छ जसले फोनको परफर्मेन्स बुस्ट गर्न सहयोग गर्छ ।
स्मार्टफोनको परफर्मेन्स चेक गर्ने यो सबैभन्दा सजिलो तरिका हो ।

बेंचमार्किङ एप्स जस्तै आनटूटूले तपाईंको फोनको सीपीयू, जीपीयू, र्याम लगायतका कम्पोनेन्टहरूको परफर्मेन्स कस्तो छ भनेर जानकारी दिन्छ ।

यसको आधारमा तपाईंको स्मार्टफोनलाई एक स्कोर दिइन्छ । त्यो स्कोर हेरेर तपाईं अरू फोनहरूसँग तुलना गर्न सक्नुहुन्छ कि कुन फोन कति पावरफुल छ । यस्ता धेरै एप्स आजकाल प्लेस्टोरमा उपलब्ध छन् ।

आनटूटू एपबाट परफर्मेन्स कसरी चेक गर्ने?

सबैभन्दा पहिले तपाईंको फोनमा आनटूटू एप डाउनलोड गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् र “बेन्चमार्क“ वा “रन टेस्ट“ मा क्लिक गर्नुहोस् । केही समय पर्खिनुहोस् । त्यसपछि तपाईंको फोनको परफर्मेन्स स्कोर देखिन्छ ।

यो स्कोर जति उच्च हुन्छ, फोनको परफर्मेन्स त्यति नै उत्कृष्ट मानिन्छ ।