कीवर्डहरू -

ईसेवा मनी ट्रान्सफर पाँचौं वर्षमा प्रवेश

ईसेवा मनी ट्रान्सफर पाँचौं वर्षमा प्रवेश

ईसेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। सो रेमिट्यान्स कम्पनीले हाल संसारका २ सयभन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टका साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९-८० मा रेमिट्यान्स भित्र्याउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा खुसी व्यक्त गरे ।