कीवर्डहरू -

गलत ठाउँमा राउटर राखेका कारण इन्टरनेट स्लो भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

गलत ठाउँमा राउटर राखेका कारण इन्टरनेट स्लो भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

यदि तपाईंसँग पनि घरमा वा अफिसमा ब्रोडब्यान्ड इन्टरनेट जडान छ र राम्रो चलेको छैन् भने तपाईंले कम्पनीमा गुनासो गर्नु अघि आफ्नो राउटरको लोकेसन जाँच गर्न आवश्यक छ ।

राउटर गलत ठाउँमा राखिएको कारणले गर्दा समेत कनेक्टिभिटीमा समस्या आउने गर्छ । तपाईको घरमा वाइफाइ इन्टरनेट छ तर स्लो छ भने राउटरलाई सही ठाउँमा नभएको पनि हुन सक्छ । 

त्यस्तो अवस्थामा तपाईंले राउटरको स्थान परिवर्तन गरेर उच्च गतीको इन्टरनेटको मज्जा लिन सक्नुहुन्छ । आज हामी तपाईलाई वाइफाइको राउटर राख्ने उत्कृष्ट ठाउँको बारेमा जानकारी दिदैछौं । 

 वाइफाइ राउटरलाई भुईमा नराख्नुहोस्

वाइफाइ राउटरको गति धातु वा कंक्रीट पर्खालहरू जस्ता अवरोधहरूले प्रभावित हुन्छ । त्यसैले हामीले सक्दो वाइफाइ राउटरको मार्गमा कुनै अवरोध छैन भनेर सुनिश्चित गनपर्छ । साथै, राउटरलाई जमिनमा राख्नबाट जोगिनै पर्छ ।

कुनै अवरोध नभएको ठाउँमा राख्नुहोस्

राउटरलाई पहिले नै धेरै वस्तु भएको ठाउँमा नराख्नुहोस् । वाइफाइ राउटरको नजिक कुनै धातु वस्तु हुनुहुँदैन, किनकी यसले सिग्नललाई असर गर्छ ।

इलेक्ट्रोनिक ग्याजेटहरूबाट टाढा रहनुहोस्

वाइफाइ राउटरलाई कुनै पनि इलेक्ट्रोनिक ग्याजेट नजिक नराख्नुहोस् । टिभी, बेबी मोनिटर, ब्लुटुथ हेडसेट, फ्रिज आदि जस्ता इलेक्ट्रोनिक वस्तुहरूबाट राउटर टाढा राख्नुहोस् ।  तपाईंले पहिले भन्दा राम्रो सिग्नल प्राप्त गर्नुहुनेछ ।

वाइफाइ राउटरमा एन्टेना सीधा राख्नुहोस्

सामान्यतया, सबै राउटरहरूमा बाह्य पक्षमा एन्टेनाहरू हुन्छन्, जुन सिग्नल सुधार गर्न समायोजन गर्न सकिन्छ । धेरै पटक यी एन्टेनाहरू झुकेका हुन्छन् र जब तिनीहरूलाई सीधा बनाइन्छ, सिग्नल ठीकसँग आउँछ ।