कीवर्डहरू -

के तपाईको डेटा डार्क वेबमा त लिक भएको छैन् ? यसरी जाँच गर्नुहोस्

के तपाईको डेटा डार्क वेबमा त लिक भएको छैन् ? यसरी जाँच गर्नुहोस्

आजको समयमा हरेक व्यक्ति जसले स्मार्टफोनको प्रयोग गर्छ, उसले विभिन्न प्रकारका एपहरूको प्रयोग गर्ने गर्दछन्, जसमा अनलाइन शपिंग, फूड डेलिभरी एप, ग्रोसरी र अन्य धेरै एपहरू हुन्छन् ।

यसले व्यक्तिबाट उनीहरूको फोन नम्बर, नाम, इमेल ठेगाना, जन्म मिति, घरको ठेगाना आदि जानकारी माग्छन् । यी एपहरूको भनाइ यो हुन्छ कि यस प्रकारको जानकारीले प्रयोगकर्ताहरूलाई राम्रो सेवा दिन सहज पार्ने गर्दछ । सामान्यतया कम्पनीहरूले प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्छन् । यस प्रकारको सबै जानकारी कम्पनीहरूको सर्भरमा राखिन्छ ।

साइबर अपराधी यसरी चोर्छन् डेटा

साइबर अपराधीहरूले प्रयोगकर्ताहरूको जानकारी चोर्न कम्पनीको सर्भरमा साइबर आक्रमण गर्छन् । त्यसपछि सयौं व्यक्तिहरूको जानकारी प्राप्त गरेपछि यसलाई डार्क वेबमा राख्छन् । डार्क वेबमा त्यस्तो जानकारीको लागि धेरै कम्पनीहरू खरिदकर्ता हुन्छन्, जसले यस्तो जानकारीका लागि राम्रो रकम दिन्छन् । त्यसपछि कम्पनीहरूले यस जानकारीको प्रयोग प्रयोगकर्ताका लागि नयाँ उत्पादनहरू बनाउन गर्छन् ।

डार्क वेबबाट स्पामर्सलाई डेटा प्राप्त हुन्छ

हामी धेरैजसोले संवेदनशील जानकारी विभिन्न कामका लागि कम्पनीहरूलाई दिने गर्दछौँ । यही कारणले कुनै कम्पनीको डेटा लिक भयो भने त्यहाँ स्टोर गरेको व्यक्तिहरूको डेटा डार्क वेबमा उपलब्ध भएको हुनसक्छ । यदि तपाइँलाई धेरै स्पाम कलहरू आउँछ भने कल गर्ने व्यक्तिलाई डार्क वेबमार्फत तपाइँको नम्बर प्राप्त भएको हुन सक्छ । डार्क वेबमा तपाइँको व्यक्तिगत जानकारी छ कि छैन, यसको लागि गूगल डार्क वेबको रिपोर्टलाई जाँच गर्न सकिन्छ ।

डार्क वेबमा यसरी खोज्नुहोस् आफ्नो डेटा

​​​​​​​डार्क वेबमा तपाइँको इमेल आईडी र व्यक्तिगत जानकारी उपलब्ध छ कि छैन, यसको लागि गूगल स्क्यानको मद्दत लिन सकिन्छ । यसको प्रक्रिया निकै सरल छ । 

यसका लागि सबैभन्दा पहिले गूगल वान एपमा साइन अप गर्नुपर्नेछ । साथै, गूगल सर्चमा गएर गूगल वान डार्क वेब रिपोर्ट सर्च गर्नुपर्नेछ । त्यसपछि वान गूगल डटकममा जानुहोस् ।

डार्क वेब रिपोर्ट सेक्सनमा गएर ट्राई नाउमा क्लिक गर्नुहोस् । त्यसपछि रन स्क्यानमा क्लिक गर्नुहोस् । यति गरेपछि डार्क वेबमा जे पनि डेटा उपलब्ध छ, त्यो अगाडि आउनेछ । भ्यू अल रिजल्टमा गएर डेटा लिकको सबै जानकारी तपाइँको अगाडि आउनेछ ।

डेटा लिक हुनुबाट कसरी रोक्ने ?

डार्क वेबमा डेटा लिक हुनुबाट बचाउनका लागि प्रयास गर्नुहोस् कि कुनै पनि तेस्रो पार्टी एपलाई दिनैपर्ने जानकारी बाहेकको व्यक्तिगत जानकारी नदिनुहोस् ।

साथै कुनै पनि अनजान वेबसाइटबाट कुनै पनि एप डाउनलोड नगर्नुहोस् । कहिल्यै नचिनेको नम्बरबाट फोनमा आएको लिंक वा एसएमएसमा क्लिक नगर्नुहोस् । यसो गर्दा डेटा लिक हुन सक्छ ।