कीवर्डहरू -

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस

एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस देखिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थपलियाले बनाउने निकायबीच आपसी समन्वयन नहुँदा समस्या देखिएको बताएका हुन् । 

‘धेरै ठाउँमा ट्राफिक लाइट बिग्रिएको छ । बनाउने निकायबीच आपसी समन्वय छैन्,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उसले उसलाई देखाउँछ, उसले उसलाई । बनाउने को हो थाहा छैन् ? ।’

काठमाडौंका ६९ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । यी मध्ये ३० स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन् भने ३९ स्थानमा सञ्चालनमा छैनन् । 

यस्तै पैदल यात्रु क्रसिङ लाइट पनि १३ स्थानमा राखिएको छ । ती मध्ये ४ स्थानमा चालु छन् भने ९ स्थानमा सञ्चालनमा छैनन् । 

ट्राफिक लाइट सिस्टममा चल्दा मानिसहरूले पनि धेरै झन्झट नमान्ने नगरेको थपलियाको भनाइ छ ।