कीवर्डहरू -

शीघ्र आवश्यक पर्नेलाई अब तीन दिनमै ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड प्रिन्ट हुने

शीघ्र आवश्यक पर्नेलाई अब तीन दिनमै ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड प्रिन्ट हुने

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) शीघ्र आवश्यक पर्ने नेपाली नागरिकलाई तीन दिनभित्रै स्मार्ट कार्ड प्रिन्ट गरेर दिने भएको छ । 

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका लागि तीनदिन भित्रै उपलब्ध गराउने विभागले जनाएको हो । 

यातायात व्यवस्था विभागका अनुसार पुस १५ गतेदेखि उक्त व्यवस्था सुरु गर्न लागिएको छ । यो व्यवस्था सुरू भएपछि यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । 

निवेदन स्वीकृत भएको मितिदेखि ३ कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ ।

निवेदकले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातहरुको सक्कल प्रति र अनलाईन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्नेछ । 

null