नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।
“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना हुन लागेको यो राष्ट्रियस्तरको प्रतिस्पर्धा शनिबार १९ वैशाख २०८३ मा सम्पन्न हुनेछ, जसले देशभरका स्नातक तहका विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा उदीयमान प्रविधि नवप्रवर्तकलाई आफ्ना सीप र परियोजना प्रस्तुत गर्ने सशक्त मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
आइसिटी फ्रेम र टेक-एक्सको यो सहकार्यलाई नेपालको डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले युवा प्रतिभाका लागि लन्चप्याडको भूमिका खेल्दै भविष्यका लागि तयार आईटी जनशक्ति उत्पादनमा योगदान पुर्याउनेछ।
प्रतियोगितामा सहभागिता, विषयवस्तु, मूल्याङ्कन मापदण्ड तथा अन्य विस्तृत जानकारी आगामी दिनहरूमा आइसिटी फ्रेमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ।
आईसीटी समाचार