कीवर्डहरू -

नेपाली बजारमा आईटेलको पी ५५ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा आईटेलको पी ५५ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा आईटेलले नयाँ मोडल पी ५५ स्मार्टफोन सार्वजनिक गरेको छ । आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइलले बिहीबारबाट बजारमा पि ५५ स्मार्टफोन बिक्री प्रारम्भ गरेको हो । 

आईटेल पि ५५ का २ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेका छन् । एउटा चार जिबी र्‍याम र १ सय २८ जिबी स्टोरेजमा उपलब्ध रहेको  भने अर्को आठ जीबी र्‍याम र १ सय २८ जीबी स्टोरेजमा उपलब्ध रहेको छ । 

फोन ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध रहेको छ । स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६.६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ ।

आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराउने जनाएको छ ।