नेपालका लागि ओमोडा एन्ड जेईको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले एकैदिनमा ‘जेईको जे-सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी गरेको छ ।
जेईको जे-सिक्स, नेपालमै पहिलो अफ-रोड इलेक्ट्रिक एसयूभी हो । गत अगस्टमा आयोजित नाडा अटो शोमा जेईको जेसिक्स सार्वजनिक गरिएको थियो ।
यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ-रोड डिजाइनका कारण छोटो समयमा नै नेपाली ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।
अफ-रोड ड्राइभिङमा रुचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेईको जे-सिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए ।
यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित गरेको कम्पनीको भनाइ छ ।
त्यति मात्र होइन, ओमाडा ई-फाइभ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । नाडा अटो शोमा ओमोडा ई-फाइभ डीएलएक्स ओमाडा ई-फाइभ लक्सको कम संस्करण हो ।
जेईको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ-रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ-रोड पारखीहरूका लागि उचित रोजाइ बनेको कम्पनीको भनाइ छ ।